चेहरे, २३ फागुन
अरनिको राजमार्ग अर्न्तर्गत सिन्धुपाल्चोकको चेहरेमा गएराती बलेरो जिप
दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका
छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा दोलखा घर भइ
काठमाडौं बस्ने डम्बर उप्रेती र झापा घर भई भक्तपुर बस्ने रोशन शिवाकोटीको
मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुहरुको घटनास्थलमै मृत्यु भएको थियो
।
थकनी खेत जोत्ने विवादमा भाइको हत्या गरी फरार थकनी-८ का सानुकान्छा तामाङलाई
प्रहरीले पक्राउ गरेको छ । १४ फागुनको राति ३२ वषर्ीय भाइ महिमानको हत्या
गरी सानुकान्छा फरार भएका थिए ।
चौतारा, १९ फागुन।
विद्यालयमा असुरक्षित भई काम गर्नसक्ने वातावरण नभएपछि सिन्धुपाल्चोक
लिसंखु-५ स्थित जनसहयोग माविका ६ जना शिक्षक सुरक्षा माग गर्दै सदरमुकाम
आएका छन् । सोही विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक उदय लामा
नेतृत्वको समूहले पटक-पटक विद्यालय र गाउँ छाड्न धम्की दिएपछि उनीहरू
सुरक्षाको माग गर्दै सदरमुकाम चौतारा आएका हुन् ।
बनेपा, ३ फागुन
काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट बेचबिखनमा परेका पाँच पीडित महिलाहरुलाई
आत्मनिर्भर बनाउन २ संस्था मिलेर सिलाई तालिम प्रदान गर्न थालेको छ ।मानव
अधिकार उद्यान काठमाडौंको सहयोगले ती महिलाहरुलाई बनेपामै बसेर सिलाई
तालिममा सहभागी भइरहेका छन् । ६ महिना अवधिको सिलाई तालिम आवाशीय रहेको छ ।
चौतारा , २८ माघ
जिल्ला शिक्षा कार्यालयले प्रधान अध्यापकको मिलेमतोमा फर्जी प्रमाण
पुर्याएर शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षा दिन दरखास्त दिएका २६
आवेदकको आवेदन रद्द गरेको छ । छानबिनपछि पेस गरिएका कागजात फर्जी रहेको
पाइएपछि उनीहरूलाई परीक्षामा सहभागी नगराउने निर्णय गरिएको हो ।
सुनकोशी नदीलाई आधार मानेर फैलिएको पाङ्ग्रेटार
गा.वि.स.अरनिको राजमार्गको पारीपट्टी पर्दछ । अन्य गा.वि.स.को तुलनामा
विकास निर्माणमा अगाडी रहेको यो गा.वि.स.मा सुनकोशी जलविद्युत परियोजना
समेत रहेको छ । शिक्
क्याप नेपाल सदस्यताको आधारमा क्लवको माध्यमद्धारा कार्यजाल तथा संगठन बनाई श्रमिक बालबालिकाहरुको हितका लागि काम गर्ने मुनाफारहित गैर सरकारी संस्था हो । पिछडिएको ग्रामिण आदिवासी जनजाती दलित महिला तथ
केदारमान व्यथित नाम - केदारमान श्रेष्ठ जन्म - वि.स.१९७१, कार्तिक, पूर्व १ नं, बाँसबारी बाउने पाटी, सिन्धुपाल्चोक, सेवा - राजनीति/साहित्य, शिक्षा स्वाध्याय, भ्रमण - नेपाल, भारत, रुस, बेलायन, जर्मनी, / विधा - कविता,अन
नेपालको कुल क्षेत्रफलको १.७३ प्रतिशत भूभाग ओगट्ने सिन्धुपाल्चोक मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने १९ जिल्लामध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला हो। वाग्मती अञ्चलमा पर्ने एक उच्च पहाडी जिल्ला सिन्धपाल्चोकको नामाकरण सिन्धु र पाल्चोक नाम गरेका दुइ थुम मिलेर भएको भन्ने जनविश्वास पाइन्छ। राजधानी काठमाडौंबाट उत्तरपूर
तातोपानी
नाकाबाट हुने नेपाल-चीन व्यापारमा राजेन्द्रकुमार श्रेष्ठ नौलो नाम होइन ।
५० को दशकबाट आयात व्यपारमा क्रियाशिल ४२ वर्षीय श्रेष्ठ हाल उद्योगी/व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका
अध्यक्ष छन् । चीनसगको व्यापारको अलवा उनले सिमेन्ट उद्योग, हाइड्रोपावर
-जलविद्युत), हाउजिङ र बैंकिङ क्षेत्रमा पनि लगानी गरेका छन् ।
Сविक्रम संवत् २००९ देखि हामीले खेत कमाउँदैआएका छौँ, तर त्यसको हामीले
मोहियानी हक पाएका छैनौँ । न त कुत बुझाएको भर्पाई नै छ ।Т यस्ता समस्या
पोख्दै थिए- बाह्रबिसेका हरि श्रेष्ठ ।
साहुले उनलाई थाहा नै नदिई खेत बेचेपछि उनी भौँतारिँदै सिडिएफसीको
कार्यालयमा गुहार माग्न पुगेका हुन् । यस संस्थाले भूमिसम्बन्धी कार्य
गर्दै आएको छ ।
चौतारा मुलुकका ठूलो हिस्साका नागरिकलाई लावण्य देश र सेतो हात्तीको करामत ज्ञात
छ । स्कन्द पुराणको केदारखण्डमा अगस्ते मुनीको मुखारवृन्दबाट सत्य युगको
लीला वर्णनक्रममा लावण्य देशको चर्चा छ । स्वस्थानीको महिमा रहेको उक्त
पुराणमा नवराज नाम गरेको दरिद्र व्राम्हणलाई लावण्य देशको राजाको रुपमा
माला-कलश गरि राजा चुन्ने काम सेतो हात्तीले गर्छ ।