प्राकृतिक स्रोत र साधनले धनी सिन्धुपाल्चोक जिल्ला सामाजिक रुपमा जातजाती भाषाभाषीले बोकेको धर्म संस्कृति अनि भौगोलिक रुपमा अनन्त सम्भावनाको खानी हो । अविरल वगिरहने नदीनालाहरु खानी तथा खनिजहरु वनजङ्गल अनि जडीबुटीहरु उत्पादनमा विविधता बोकेको उर्वर फाँटहरु पर्यटकीय दृष्टिकोणले मनमोहक हिमाल टाकुरा ऐतिहासिक तथा पुरातात्विक धरोहरले सम्पन्न जिल्लाका हामी जिल्लाबासीहरु साँच्चै नै गौरवशाली छौँ । यसको गर्वमा रहेका अनन्त स्रोत साधन र सम्भावनाहरुलाई समायोजित रुपले उपयोग गर्न सके सिन्धुका विपन्न ग्रामीण जनजीवनमा ठूलो परिवर्तन आउने छ। त्यही मिठो सपनालाई जीवन्त बनाउने प्रयास स्वरुप सुचना प्रविधिको विकास गरी सिन्धुलाई संसारभर चिनाउने उदेश्यका साथ सिन्धुसाचार जुटिरहेको छ। यतिबेला सिन्धुपाल्चोक जिल्लाभित्र आफ्नो माटोप्रति गौरव गर्दै यहाँको उन्नतिमा आफ्ना उर्जाशील उमेरहहरु धरौटीमा राख्न उत्साही युवाहरुको पङ्ति वृद्धि हुदैछ । सिन्धुसाचार यसको ज्वलन्त उदाहरण हो । सिन्धु संचार सिन्धुपाल्चोक जिल्लाका विविध क्षेत्रका जानकारीहरुलाई सुचना संग्रहको रुपमा विकशित गरी सिङ्गो जिल्लालाई नै विद्युतीय छापामाध्यम तथा अनलाइन संचारका माध्यमबाट प्रचारप्रसार गरी सिन्धुभित्र हुने गरेका जातिय विभेद रुढीवादी परम्परा लैङ्गिक असमानता मानव बेचविखन जस्ता कुराहरुलाई चिरेर सबै समान रुपले बाँच्न पाउने अधिकारका विषयवस्तुहरु समेट्दै छ । यसैले सिन्धुको सम्पूर्ण जानकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रभावकारी रुपमा प्रचारप्रसार गरी सिन्धुपाल्चोकको विकासमा सहयोग गर्न सिन्धुपाल्चोकलाई माया गर्ने तपाईहरुको सल्लाह सुझाव तथा साथ-सहयोगको हामी सदैब अपेक्षा गर्दछौ । |
||||||||||||||||
हाम्रो समूह |
||||||||||||||||
|
||||||||||||||||
हाम्रो समूह- नेपाल बाहिर |
||||||||||||||||
|