| शुरु भयो गौराती मेला |
हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिनबाट तीन दिन सम्म चल्ने जिल्लामा नै सबैभन्दा ठूलो गौराती भीमेश्वरको मेला बिहीबारबाट शुरुभयो ।
जिल्ला सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने पीपलडाँडा गाँउ विकास समितिको वडा नं ८ गौरती डाँडामा रहेको भीमेश्वरको मन्दिरमा मेला भर्न छिमेकी जिल्लाहरु दोलखा काभ्रे नुवाकोट रामेछाप भक्तपुर काठमाडौं लगायत तराईका अन्य जिल्लाहरुबाट पनि ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति हुने गर्दछ । |
|
| अरनिको राजमार्ग महिनामा १३ दिन बन्द |
| सिन्धुपाल्चोक, २८ कात्तिक
दुर्घटना तथा अन्य विषयमा उत्पन्न विवादका कारण कात्तिकमा अरनिको राजमार्ग १३ दिन बन्द भएको छ । सवारी दुर्घटनापछि उत्पन्न विवादले मात्र राजमार्ग नौ दिन बन्द भइसकेको छ भने तीन दिन किसानले बन्द गराएका छन् । काभ्रे र सिन्धुपाल्चोकमा बढी अवरोध हुने गरेको छ । |
|
| पिस्रकरको स्वास्थ्यचौकी पियनको भरमा |
पिस्कर । साउनदेखि स्वास्थ्यचौकी प्रमुखलगायत अन्य कर्मचारीहरु नहुँदा एक जना पियनले चलाएको छन्। एउटा स्वास्थ्यचौकीमा एक जना इचार्ज एक जना अहेव एक खरिदार एक अनमी र दुई पियनको दरबन्दी हुने गरे पनि पिस्करको स्वास्थ्यचौकीमा भने एक पियनले मात्र काम गरिरहेको छन्।
पियनले स्वास्थ्यसम्बन्धी कुनै काम गर्न नपाउने भए पनि स्वास्थ्यचौकीमा भएको सिटामोललगायतको औषधी घाउ ड्रेसिङ गर्ने सलाइन पानी दिने आदि काम पियन भिमबहादुर चालिसेले गरेका छन् । |
|
| विद्यालय बनाउन ९० लाख रुपैयाँ सहयोग |
| ठूलोसिरुवारी/
ठूलोसिरुवारी गाविसको सेतीदेवी उच्चमावि र सदरमुकाम चौताराको वनदेवी निमाविको नयाँ भवन बनाउन एक दाता संस्थाले ९० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल हिल्फे बाइलिङगि्रस जर्मनी नामक संस्थाले सेतीदेवीलाई ४२ लाख र वनदेवीलाई ४९ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । |
|
| आगलागीबाट दुई घर जले, पाँचको धनमाल नष्ट। |
| तौथली ।
तौथली गाविस-३ स्थित स्थानीय दुई घरमा आगालागी हुँदा करिव पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय मानबहादुर र वीरबहादुर श्रेष्ठको घरमा शनिबार राति आगालागी भएको हो । खरको छानो भएका दुईतले घरमा आगलागी हुँदा लत्ताकपडा, भाँडाबर्तन, अन्नपातलगायत सम्पूर्ण सामग्री जलेको स्थानीय बासिन्दा मनकुमार श्रेष्ठले जानकारी दिए । |
|
| बेल्जियम मा लक्ष्मी जयन्ती |
| गत २६ अक्टोवर आईतवार को दिन बेल्जियम को लुभेन सहरमा महा कवी लक्ष्मी प्रशाद देवकोटाको सयौं जन्म जयन्ती भब्यताका साथ संपन्न भयको छ । प्रबासमा रहेर पनि आफ्नो साहित्य र भाषा को अतुलनिय संरक्षण गर्न कटीबद्ध बेल्जियमका श्रस्ठाहरु यक जुट भई नेपाली साहित्य भासा र यसको महत्व लाई बुझेर अग्रसरता देखायको यो पहिलो चोटि भने होइन । |
|
| गाविसलाई १६ करोड अनुदान |
| सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकका ७९ गाविसले चालू आर्थिक वर्ष ०६५/६६ मा करिब १६ करोड रुपैयाँ अनुदान पाउने भएका छन् । प्रत्येक गाविसले यसअघि पाउँदै आएको रकममा भौगोलिक अवस्था, क्षेत्रफल र जनसंख्याका आधारामा तेब्बरसम्म वृद्धि गर्ने सरकारको नीतिअनुरूप १५ करोड ५५ लाख ५० हजार रुपैयाँ अनुदानको अख्तियारी जिविसले पाएको हो । |
|
| अस्तव्यस्त तातोपानी नाका |
तातोपानी,
नेपाल-चीनबीचको व्यापारिक नाका अस्तव्यस्त बनेको छ । चीन व्यापारको प्रमुख नाका तातोपानीदेखि काठमाडौंसम्म समस्यैसमस्याले झेलिएको छ । सरकारले आवश्यक भौतिक पूर्वाधारमा ध्यान नदिँदा भन्सार अस्तव्यस्त बनेको हो ।
|
|